ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय

ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय, लिखु -६, गाम्नाङ्टार, ओखलढुंगा जिल्लाकै एक उत्कृष्ट, समर्पित र अग्रणी शिक्षालय हो, जसले कक्षा १ देखि १२ सम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। विद्यालयले समावेशी, जीवन उपयोगी र सीपमूलक शिक्षालाई आत्मसात गर्दै गुणस्तरीय शिक्षाको विस्तारमा आफ्नो विशेष पहिचान बनाएको छ। ओखलढुङ्गा जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित सुन्दर बस्तीबाट परिचित लिखु गाउँपालिका प्राकृतिक सौन्दर्यमा धनी समशितोष्ण जलवायु तथा समावेशी वस्तीबाट सु–सज्जित रमणीय ठाँउ हो । उत्तर पश्चिम मोहडामा अवस्थित अत्याधिक हरिया वनवुट्यान भित्र सहर बजारझैँ देखिने यस ग्रामीण वस्तीलाई उत्तरतर्फका उच्च हिमशिखरबाट सूर्यको प्रथम किरणको सुनौलो दृश्यले अत्यन्त मनमोहक बनाएको छ । ग्रामोदय राष्ट्रिय प्राथमिक विद्यालयका नामले वि.सं. २०२० चैत्र १ गते साविक गाम्नाङ्गटार वडा नम्बर २ साउने पँधेराबाट यस विद्यालयको स्थापना भएको थियो । संस्थापक अध्यक्ष तुलसीप्रसाद भट्टराई हुनुहुन्थ्यो भने प्रअ मनोरथ पोख्रेल हुनुहुन्थ्यो । वि.सं. २०२८ सालमा साउनेमा भएको विद्यालय भवन जीर्ण भएपछि जनताहरुको सक्रियतामा विद्यालय गाम्नाङ्गटार –४ सिन्कीचौरमा सार्ने र खाल्टे साउनेका लागि छुट्टै विद्यालय माग गर्ने सल्लाह बमोजिम हाल विद्यालय भइरहेको स्थानमा विद्यालय स्थानान्तरण गर्ने निर्णय गरिएको थियो ।

सहायताको लागि हामीलाई कल गर्नुहोस्

९८६-०७१३६३६

ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय
ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय
ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।